काठमाडौं, ६१ केजी सुन प्रकरणकी प्रतिवादी अमला रोकालाई अदालतमा पेश गरिँदैछ । हिजो नै उनलाई अदालतमा पेश गरिएको थियो । हिजोको थुनछेक बहस नसकिएपछि उनलाई आजपनि अदालतमा पेश गर्न लागिएको हो । प्रहरीले गत शुक्रबार काठमाडौंको टोखाबाट रोकालाई पक्राउ गरेको हो ।
हिजो (आइतबार) जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासमा थुनछेक बहस भएपनि बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो । रोकालाई भने प्रहरी हिरासतमा नै पठाइएको थियो । आज बहस सकिए उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्नेमध्ये एक आदेश आउने जनाईएको छ ।




प्रतिक्रिया