काठमाडौं, ९ असार । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बजेटमा राखिएको उर्जासम्बन्धी ‘टेक एण्ड पे’ को व्यवस्था हटाउनुपर्ने बताएका छन् । बजेट पारित गर्ने अघिल्लो दिन सभापति देउवाले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई फोन गरेर बजेटमा राखेको ‘टेक एण्ड पे’ को व्यवस्था हटाउन भनेका हुन् ।
सो व्यवस्था नहटाए बजेट पारित हुन नदिने देउवाको चेतावनी दिएको उच्चस्रोतको दाबी छ । यता, कांग्रेस र एमाले दुवै दलले भोलिको प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थिति हुन र बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् । गठबन्धनभित्र टेक एण्ड पे को प्रावधान राखिएको विषयमा गम्भीर विमति छ ।
यसअघि नै देउवाले उर्जामन्त्री दीपक खड्कासँग प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल गरेका थिए । प्रधानमन्त्री ओली भने टेक एण्ड पे को पक्षमा रहेको बताईन्छ । बजेटमा नै नदी प्रवाहमा आधारित (रन अफ रिभर) आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) टेक एण्ड पे अवधारणा अनुसार गरिने लेखिएको छ । प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेल यही प्रावधान राख्नुपर्ने पक्षमा छन् ।
प्रतिक्रिया