काठमाडौं, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सदनको अवरोध कायमै राख्ने भएको छ । भिजिट भिसा प्रकरण छानविन गर्न संसदीय समिति बनिसक्दा पनि रास्वपाले सदनको अवरोध कायमै राख्ने भएको हो ।
हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा भिजिट भिसा प्रकरण छानविनको लागि समिति बनाइसकेको छ । भिजिट भिसा प्रकरणमा छानविन समिति बन्नु पर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान लिइरहेको रास्वपाले आजको बैठक पनि बहिस्कार गर्ने प्रवक्ता मनिष झाले बताए ।




प्रतिक्रिया