काठमाडौं, १० असार । अल्फा अटोमोटिभ प्रा.लि. ले बहुप्रतिभाशाली हाँस्यब्यङ्ग्य कलाकार सन्दीप क्षेत्रीलाई ‘फेस अफ रोयल इन्फिल्ड’ का रुपमा नियुक्त गरेको छ । क्षेत्री विगत दुई दशकदेखि नेपाली कला, मनोरञ्जन र सामाजिक क्षेत्रका माध्यमबाट जनमानसको मन जित्न सफल एक सशक्त व्यक्तित्व हुन् ।
उनको जीवनशैली, दृष्टिकोण र कार्यशैलीले स्वतन्त्रता, साहसिकता तथा आत्मविश्वासजस्ता गुणहरू अभिव्यक्त गर्छ । उनको सादगीपूर्ण व्यक्तित्व, व्यापक लोकप्रियता तथा मोटरसाइकलप्रतिको गहिरो रुचिको कारण यो भूमिकामा नियुक्त गरिएको अल्फा अटोमोटिभ प्रा.लि.ले बताएको छ ।
‘रोयल इनफिल्ड नेपाल यस सहकार्यलाई केवल व्यवसायिक साझेदारीको रूपमा नभई, एक साझा मूल्य र दृष्टिकोणमा आधारित यात्राको प्रारम्भको रूपमा हेर्दछ । जसले नेपाली मोटरसाइकल संस्कृतिमा नवीन आयाम थप्ने विश्वास लिएको छ , यस प्रयासबाट रोयल इनफिल्डमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन, सडक सुरक्षा, ट्राफिक नियम पालना सहितको सन्देश एवं कर्तव्य पालना गरिनेछ । हाम्रो सहकार्यबाट समाजका हरेक वर्गसमूदायसँग पुग्ने छौं भने युवा पुस्तामाझ अझ प्रगाढ सम्बन्ध गास्न सकिने अपेक्षा राख्दछौं,’– विज्ञप्तिमा भनिएको छ ।
सन्दीप क्षेत्रीमार्फत रोयल इनफिल्डको परम्परा, शैली र भावना, आम नेपाली जनसमूदायसम्म थप प्रभावकारी ढंगले प्रवाह हुनेछ भन्ने अपेक्षा कम्पनीले गरेको छ । मोटरसाइकललाई केवल यातायातको साधन मात्र नभई आत्म–अभिव्यक्तिको माध्यमको रूपमा प्रस्तुत गर्ने दृष्टिकोण यस सहकार्यद्वारा अझ स्पष्ट र सशक्त रूपमा उजागर हुने विश्वास व्यक्त गरिएको छ ।
‘रोयल इनफिल्ड नेपालको तर्फबाट हामी श्री सन्दीप क्षेत्रीलाई हार्दिक स्वागत गर्दै, उहाँसँगको सहकार्यले नयाँ ऊर्जा, नवीन सोच तथा प्रेरणादायी अभियानहरू लिएर आउने विश्वास व्यक्त गर्दछौं,’– अल्फा अटोमोटिभ प्रा.लिकी मार्केटिङ्ग मेनेजर प्रेक्षा लम्सालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया