काठमाडौं, ११ असार । रौतहटको चन्द्रपुर नगरपालिका–१० बिनुवा टोलमा शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।
सेफ्टी ट्याङ्कीमा डुबेर मङ्गलबार राति घाइते भएका दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिए।
गमिरा साहको छोरा एक वर्षीय रन्जे साह र जगदिश साहको एक वर्षीया छोरी खुश्बु साह खेल्ने क्रममा शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर गम्भीर घाइते भएको अवस्थामा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मङ्गलबार राति दुवै बालबालिकाको खोजी गर्दा हृदय नारायण पासवानको घरको शौचालयको सेफ्टी ट्याङ्कीमा प्लाइले ढाकेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।




प्रतिक्रिया