एमालेको सचिवालय बैठक आज


काठमाडौं, ११ असार । आज नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने आजको बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाईएको छ ।

एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।