काठमाडौं, ११ असार । भ्रष्टाचार मुद्दा लागेपछि माधव नेपाल विशेष अदालतमा बयानको लागि उपस्थित् भएका छन् । आफ्ना कानून व्यवसायीहरुको साथमा माधव नेपाल आज विशेष अदालतमा उपस्थित भएका हुन् । काभ्रेको पतञ्जली जग्गा प्रकरणमा नेपालमाथि अख्तिया र दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
नेपालनिकट एक नेताकाअनुसार अहिले उनको बयान सुरु भैसकेको छ । विशेष अदालतको इजलास नम्बर २ मा न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाले उनको बयान लिन सुरु गरेका छन । नेपालको बयान सकिएपछि थुनछेक बहस सुरु हुने भनिएको छ । file photo




प्रतिक्रिया