नक्कली परीक्षार्थी पक्राउ


काठमाडौं, ११ असार । प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले नक्कली परीक्षार्थी पक्राउ परेको छ । जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरमा अध्ययनरत दान बहादुर रोकायाको तर्फबाट परीक्षा दिइरहेका केशव रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।