देउवाविरुद्ध लेखेको आधारमा पक्राउ परेका केसी धरौटीमा रिहा


काठमाडौं, ११ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसी धरौटीमा रिहा भएका छन्् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको छोरा जयवीर सिंह देउवाको जाहेरीले पक्राउ परेका उनी आज काठमाडौं जिल्ला अदालतबाट २५ हजार धरौटीमा रिहा भएका हुन् ।

न्यायधीश विष्णु प्रसाद अवस्थीको इजलासले केसीलाई रिहा गर्ने आदेश गरेको दिएको हो । ‘भ्रष्टाचारबाट आर्जन गरिएको कालो धनलाई सेतो बनाउन गरिएको प्रपञ्च । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवाका छोरा जयवीर सिंह देउवाले काठमाडौं नक्सालस्थित हिल्टन होटल खरिद गरेका छन्,’– केसीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।