भ्रष्टाचार मुद्दामा माधव नेपालसँग मागियो धरौटी


काठमाडौं, ११ असार । विशेष अदालतले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई धरौटीमा छाड्ने आदेश गरेको छ । विशेष अदालतका न्यायाधीशत्रय तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको इजलासमा अध्यक्ष नेपालको बयान भएको थियो । बयान सकिएलगत्तै उनको थुनछेक बहस भएको थियो ।

थुनछेक बहसपश्चात उनीसँग धरौटी माग गरिएको हो । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको थियो । अध्यक्ष नेपालसँग विशेष अदालतले ३५ लाख धरौटी माग गरेको छ ।