काठमाडौं, १२ असार । आज प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाई समितिको बैठक बस्दैछ । विहान ११ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा परेका उजुरीहरु खोल्ने भनिएको छ ।
यस्तै समितिका सदस्यहरुलाई कार्ययोजना वितरण गर्ने भनिएको छ । सर्वोच्च अदालतमा गत जेठ १७ गते नै तीन न्यायाधीशहरु सिफारिश भएका छन् । यसरी सिफारिश हुनेहरुमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन् ।




प्रतिक्रिया