काठमाडौं, १२ असार । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले पतञ्जली योग पीठ जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालमाथि प्रतिशोध भयो भन्ने कुरा बेकार रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पतञ्जली योग पीठलाई सरकारी जग्गा दिने कुरा तत्कालीन प्रधानमन्त्री नेपालले
थाहा पाइपाइकन नै गरेको बताए । उक्त प्रकरणमा शालिकराम भन्ने मान्छेसहित तत्कालीन प्रधानमन्त्री नेपालाई भेट्न आएको र आफूले सरकारी जग्गा दिन सकिँदैन भनेर हिँडेको पनि उनले स्मरण गरे । अधिकारी नेपाल नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री थिए ।
‘पतञ्जलीको सन्दर्भमा उहाँ प्रधानमन्त्री हुँदा मसमेत थिएँ । केही साथीहरु राति लिएर जानुभएको थियो । मुकुन्द न्यौपानेसमेतका साथीहरु हुनुहुन्थ्यो । उहाँहरुको योग ध्यानको कुरा ठिक छ । शालिकराम भन्ने साथी पनि थिए, जग्गा दिने काम सरकारी जग्गा दिन सकिँदैन भनेर हिँडेको हो म । उतिबेलादेखि नै थाहा छ, थाह पाएर गरेको काम हो यो । अहिले प्रतिशोध भन्ने कुरा बेकारको कुरा हो । यस्तो गर्न हुँदैन भन्ने मै छु त ? सरकारी जग्गा ल्याएर व्यक्तिको नाममा दिने कुरा नै गलत हो,’– उनले भने ।




प्रतिक्रिया