काठमाडौं, १२ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका प्रमुख राजनीतिक दलहरू-नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमार्फत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’ बाट अलग गरी पृथक चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न पहल गर्न उनीहरूले माग गरेका छन् ।




प्रतिक्रिया