काठमाडौं, १२ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको अध्यक्षतामा संघीय लोकतान्त्रिक मोर्चाको बैठक बसेको छ । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, मोर्चाका आगामी कार्ययोजना लगायतको विषयमा छलफल भएको बताइएको छ । बैठकमा आगामी उपनिर्वाचनको बारेमा पछि छलफल भएको बताइएको छ ।
प्रतिनिधिसभाअन्तर्गत रुपन्देही क्षेत्र नं. ३ मा र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) जनप्रतिनिधिविहीन अवस्थामा रहेको छ ।
०७९ को निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ बाट निर्वाचित दीपक बहादुर बोहोराको निधन भएर उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो भने गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) बाट निर्वाचित दिपक मनाङ्गे (राजीव गुरुङ) फौजदारी मुद्दामा दोषी ठहर भएपछि उनी पदमुक्त भएका छन् ।
मोर्चाको बैठकमा यी दुई ठाउँमा हुने उपनिर्वाचनमा सहकार्यको बारेमा छलफल भएको बताइएको छ । निर्वाचन आयोगले आगामी कात्तिकमा रिक्त क्षेत्रहरुमा उपनिर्वाचन गराउने तयारी थालेको छ ।




प्रतिक्रिया