काठमाडौं, असार १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केही दिनमै हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा ‘हुम्ला अब टाढा छैन’ भन्ने जानकारीसहितको पोष्ट सार्वजनिक गर्दै उनले हुम्लामा सडक सञ्जाल पुर्याउने आफ्नो दशकौँ पुरानो सपना पूरा हुँदै गरेको जनाएका छन् ।

हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्ला सडक सञ्जालमा जोडिएपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने उनको भनाइ छ । ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ’, उनले लेखेका छन्, ‘हुम्लामा सडक सञ्जाल पुर्याउने हाम्रो दशकौं पुरानो सपना पूरा हुँदै छ। यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ।’




प्रतिक्रिया