प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, भोलि स्पेन जाँदै


काठमाडौं, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो १ बजे बस्नेगरि बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री ओली भोलि स्पेन भ्रमणमा जाँदैछन् । त्यसअघि आज मन्त्रिपरिषद् बैठक बोलाईएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा भने आजै युरोप प्रस्थान गर्दैछिन् ।

उनी इटालीको रोममा आयोजना हुने कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ जान लागेकी हुन् । प्रधानमन्त्री ओलीको भ्रमण टोली भने सार्वजनिक भएको छैन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सँगै जाने भनिएको छ । अरु सदस्यहरुको नाम भने सार्वजनिक गरिएको छैन । file photo