मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौं, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (शुक्रबार) दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक आह्वान गरिएको हो ।

मन्त्रिपरिषद्को आजको बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमणलगायतको एजेण्डा रहेको छ । प्रधानमन्त्री ओली भोलि (शनिबार) स्पेनको भ्रमणमा जाँदैछन् ।