मकवानपुर, असार १४ । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ मेशिराङमा चट्याङ्ग लाग्दा ७ बर्सिया बालिकाको ज्यान गएको छ भने उनकी आमा घाइते भएकी छिन्।
असार १३ गते साँझ करिब ५:३० बजे घरमै बसिरहेको अवस्थामा वर्षासँगै आएको चट्याङ्ग लाग्दा युनिका प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गम्भीर घाइते अवस्थामा छोरी युनिकालाई उपचारका लागि मनहरी अस्पताल लगिएको थियो, तर उपचारको क्रममा राति करिब ८स्५२ बजे उनको मृत्यु भएको मनहरी अस्पतालले जनाएको छ। चट्याङ्ग लागेर युनिका प्रजाकी आमा, २६र२७ बर्सिया रविना प्रजा पनि घाइते भएकी छन्। उनलाई थप उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ।
मृतकको शव पोस्टमार्टमको लागि पठाइएको र घटनाको थप विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।




प्रतिक्रिया