काठमाडौं, १४ असार । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष माधव कुमार नेपालाई प्रतिशोधपूर्ण तरिकाले मुद्दा लगाइएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पतञ्जली योग पीठको जग्गामा माधव नेपालले पार्टी विभाजन गरेको रिस फेरेको बताएका हुन् ।
‘त्यो विद्रोह गरिसकेपछि हामीप्रतिको आक्रोश थियो, एमाले पार्टीको नेतृत्व वर्गमा । तिनैद्वारा नै हामीमाथि मौका साँधेर हमला गर्ने परिस्थिति बनाए भन्ने हाम्रो ठम्याईँ हो,’– उनले भने ।
अध्यक्षमाथि पूर्वाग्रह र प्रतिशोधले ग्रसित भएर मुद्दा लगाइएको आफूहरुको ठम्याइँ रहेको पनि उनले बताए । संविधान र अख्यितार दुरुपयोग अनुसन्धान आयोग ऐनमा भएको व्यवस्था हेर्दा नीतिगत निर्णयमा अख्तियार पस्नै नपाउने उनको भनाइ छ ।




प्रतिक्रिया