रास्वपाले आज पनि संसद अवारोध कायमै राख्ने


काठमाडौं, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको छ । आज (शनिबार) संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै रास्वपाका सांसद हरि ढकालले भिजिट भिसा प्रकरण छानविन गर्न सरकारले बनाएको समितिलाई आफूहरुले नमानेको बताए । उनले उच्चस्तरीय समिति नबनेसम्म आन्दोलन जारी रहने जानकारी गराए ।

‘सदन अवरुद्ध नै हुन्छ । हाम्रो आन्दोलन जारी छ । झारा टार्ने समिति बनेको छ, त्यो हामीले मानेका छैनौं । उच्चस्तरीय समिति गठन नहुन्जेलसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको भिजिट भिसामार्फत गरिएको मानव तस्करी सुल्झाउनेगरी, नीतिगत तहमै केही सुधार गर्नुपर्ने विषयहरु छ । उच्चतस्तरीय समिति नबनेसम्म हाम्रो आन्दोलन जारी छ,’– उनले भने ।

प्रधानमन्त्री बोल्नुहुन्छ आज । प्रधानमन्त्रीको कुरा त ध्यानपूर्वक सुन्नुहुन्छ होला नि ? भन्ने प्रश्नमा उनले भने, ‘प्रधानमन्त्री बोल्नुहुन्छ । हाम्रो आन्दोलन पनि संगै हुन्छ ।’ File Photo/RN