काठमाडौं, १५ असार । नेकपा (एमाले) का नेता केशव बडालले विद्यादेवी भण्डारीले पार्टीमा यो वा त्यो पद चाहिन्छ नभनेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले निष्कृय भएर बस्न नसक्ने भएकाले आफू राजनीतिमा फर्किएको बताएको उनले सुनाए ।
‘हिजो पार्टीले राष्ट्रपतिको रुपमा पठाएको मान्छे । म फेरि पनि पार्टीमा सक्रिय जीवन बिताउने इच्छा राख्नुभएको छ । उहाँले कुनै यो र त्यो पद भन्नुभएको छैन,’– नेता बडालले भने ।
साथै, उनले नेकपा (एमाले) को विधानमा २ कार्यकालको व्यवस्था नरहेको दाबी गरे । उनले विधानमा ७० वर्षे उमेर हद रहेपनि दुई कार्यकालभन्दा बढी पदमा बस्न नपाउने भन्ने व्यवस्था नरहेको बताए ।
‘यो भन्दा पहिलाका महाधिवेशनले ७० वर्षे उमेर हद पारित गरेको हो । दुई कार्यकाल भन्ने चाहिँ विधानमा छैन । उहाँले दुई कार्यकाल भन्दा दोहोर्याउनु हुन्छ कि हुँदैन भन्ने कुरा अहिले केही थाहा हुन्न,’– उनले भने ।
एमालेको अनुशासन आयोगको अध्यक्षसमेत रहेका बडालले ११औं महाधिवेशनकाे प्रतिनिधि छान्नुभन्दा पहिला यो वा त्यो अध्यक्ष बन्छ भनेर भन्दै नहिँड्न उनले निर्देशनात्मक आग्रह गरे । उनले भने, ‘११औं महाधिवेशनको प्रतिनिधि छान्नुभन्दा पहिला यो वा त्यो भनेर बोल्दै कराउँदै नहिँड्नका निम्ति म निर्देशनात्मक अनुरोध गर्न चाहन्छु,’– उनले भने ।




प्रतिक्रिया