काठमाडौं, १५ असार । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सुरु भएको बैठकमा भोलिबाट सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्न छलफल गरिनेछ ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि (सोमबार) दिउँसो १ बजेबाट सुरु हुनेछ । बैठक पार्टी मुख्यालय सानेपामा नै बस्ने भनिएको छ । बैठकमा सरकार सञ्चालनको समिक्षा साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने र यसले महत्वपूर्ण निर्णय लिने बताईएको छ । file photo




प्रतिक्रिया