शिक्षा संकाय अध्ययन नगरेकाले पनि अध्यापन अनुमतिपत्र लिन पाउने


काठमाडौं, १५ असार । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समितिको बैठकमा जुनसुकै विषय पढेकाले पनि अध्यापन अनुमतिपत्र लिन पाउने सहमति भएको छ । आज (आइतबार) बसेको समितिको बैठकमा शिक्षा संकाय नपढेकाले पनि अध्यापन अनुमति पत्र लिन पाउने व्यवस्था गर्ने निर्णय गरेको हो ।

साथै, समितिको बैठकले पाठ्यक्रम परिवर्तन भएमा वा प्रत्येक पाँच वर्षमा शिक्षकहरुले पुनर्ताजगी तालिम लिनुपर्ने व्यवस्था गरेको छ । शिक्षा विधेयकलाई आजै प्रतिवेदनसहित संसद्मा पेश गर्ने तयारी रहेको छ ।