निजामती विद्येयक अघि बढाउने तयारी, सभामुखले गरे पाँच दलका सचेकहरुसँग छलफल


काठमाडौं, १५ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख पाँच दलका सचेकहरुसँग छलफल गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा संघीय निजामती विद्येयक पेश गर्ने कार्यसूचि छ ।

अहिले सदनमा रास्वपा र राप्रपाले अवरोध गरिरहेको अवस्था छ । यस्तो अवस्थामा विद्येयक बढाउन अवरोध छोड्न सभामुख घिमिरेले रास्वपा र राप्रपाका प्रमुख सचेतकहरु सन्तोष परियार र ज्ञानेन्द्र शाहीलाई आग्रह गरेका हुन् ।

भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा सदनमा आन्दोलित छन् । उनीहरुले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने भन्दै हालै सरकारले बनाएको शंकरदास बैरागी नेतृत्वको छानबिन समिति नमान्ने घोषणा गरिसकेका छन ।

सभामुख प्रमुख सचेतकहरुसँगको छलफलमा व्यस्त भएको कारण प्रतिनिसभाको बैठकसमेत प्रभावित भएको छ । बैठक दिउँसो १ बजेको लागि डाकिएकोमा अहिलेसम्म सुरु हुन सकेको छैन । file photo