रास्वपाले आकस्मिक समयको दुरूपयोग गरेको कांग्रेस प्रमुख सचेतक घिमिरेको आरोप, बोल्नबाट बञ्चित गर्नुपर्ने प्रस्ताव


काठमाडौं, १५ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदहरुले संसद्को आकस्मिक समयको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले संसद् बैठकको आकस्मिक समयमा चोर, मानव तस्कर र बेचुवाजस्ता शब्द प्रयोग गरेको र समयको दुरुपयोग गरेको भन्दै अब यसरी बोल्ने सांसदहरुलाई बोल्नबाट पनि बञ्चित गरिनुपर्ने माग गरे ।