जनमतको सचिवालय बैठकमा मधेश सरकार छाड्नुपर्ने प्रस्ताव


काठमाडौं, १५ असार । जनमत पार्टीको सचिवालय बैठकमा मधेश प्रदेश सरकार छाड्नुपर्ने प्रस्ताव आएको छ । जनमतका सचिव बीपी साहले पार्टीको नीति र जनभावनाअनुसार काम गर्न नसकिएको भन्दै सरकारबाट बाहिरिनुपर्ने प्रस्ताव लगेका हुन् ।

मधेशमा जनमतकै नेतृत्वमा सरकार रहेको छ । सतिश कुमार सिंहलाई जनमतले मधेशमा मुख्यमन्त्री बनाएको छ । यता केन्द्र सरकारमा जनमतले सरकारलाई समर्थन दिएको छ । सरकारलाई समर्थन दिए पनि जनमत सरकारमा भने छैन । केन्द्र सरकारलाई दिएको सर्थनसमेत फिर्ता लिनेबारेमा गाइँगुईँ चलिरहेको छ । File Photo/RN