काठमाडौं, १६ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्ने भएकी छन् । नेकपा (एमाले) का सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेसँगै उनले राज्यले उपलब्ध गराउँदै आएको सेवा सुविधा फिर्ता गर्न लागेकी हुन् ।
सक्रिय राजनीतिमा लागेर पूर्वराष्ट्रपतिको हैसियतले राज्यले दिएको सुविधा पनि लिँदा प्रश्न उठ्ने भएपछि उनले सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र लेख्ने तयारी गरेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले गत शनिबार एमालेको सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिईन् । उनी एमालेको सक्रिय राजनीतिमा फर्किएसँगै एमालेको असन्तुष्ट समूह निकै उत्साहित देखिएको छ ।
भण्डारीलाई उपलब्ध गराइदै आएको अन्य सेवा सुविधा फिर्ता भए पनि सुरक्षा प्रोटोकल भने नहटाइने बताइएको छ । पूर्वराष्ट्रपतिलाई सरकारले स्वकीय सचिव, सुरक्षाकर्मी, गाडी, इन्धान, घरभाडा, कार्यालय सहयोगीलगायतका सेवा सुविधा उपलब्ध गराउने व्यवस्था रहेको छ ।




प्रतिक्रिया