अनुचित ढङ्गका आग्रह र पूर्वग्रहले बजेट अधिवेशन प्रभावित भयोः सभामुख घिमिरे


काठमाडौं, १६ असार । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अनुचित ढङ्गका आग्रह र पूर्वाग्रहले बजेट अधिवेशन प्रभावित भएको बताएका छन् । आज (सोमबार) संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संवैधानिक व्यवस्थाअनुसार जबरजस्ती गरेर भए पनि बजेट निर्धारित समयमा पास गर्नुपर्ने बाध्यता रहेको बताए ।

उनले भने, ‘अहिले पनि संसद्भित्र विरोध, अवरोध र अनुचित ढंगलका आग्रह, पूर्वग्रहले यो बजेट अधिवेशन प्रभावित हुँदाहुँदै पनि हामीले जबरजस्ती निश्चित प्रक्रिया पूरा गर्नुपर्ने, यसलाई जबरजस्ती पास गर्नुपर्ने भइरहेको छ । यो ठीक की बेठीक ? यसरी चलाउन हुन्छ कि हुँदैन ? जनताको जनप्रतिनिधिहरुले खेल्ने भूमिका यहाँ चर्चा हुनुपर्छ भन्ने मलाई लागेको छ ।’