काठमाडौं, १६ असार । काठमाडौं महानगरपालिका ८ तिलगंगाबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी घर भएका २९ वर्षीय सुरेश राम र २६ वर्षीय दिनेश राम रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान, पेस्तोलको म्याग्जिन २ थान, रेडियो सेट १ थान, खुकुरी १ थना र मोबाइल ३ थानलगायतका सामाग्रीहरु बरामद गरेको छ ।




प्रतिक्रिया