काठमाडौं, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा फर्काउन माग गर्दै डा.मुकुल ढकालले दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ । आज (मंगलबार) सो रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासमा तोकिएको थियो ।
यसअघि सो रिटमा न्यायाधीश कुमार रेग्मीको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । आज अन्तरिम आदेशको लागि दुवै पक्षलाई छलफलमा बोलाइएकोमा मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।




प्रतिक्रिया