एमाले सांसद राईले मागे सभापति खतिवडाको राजीनामा


काठमाडौं, १८ असार । नेकपा (एमाले) का सांसद राजेन्द्र राईले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन् । आज (बुधबार) बैठकको क्रममा उनले निजामति सेवा विधेयकमा समितिले गरेको निर्णयमा जालझेल गरिएको भन्दै सभापति खतिवडाको राजीनामा माग गरेका हुन् ।

उनले खतिवडाले सभापतिको भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे । ‘सभापतिज्यूले हाम्रो निर्णयलाई अपमान गर्न मिल्छ रु खुरुक्क राजीनामा दिनुहोस् । उहाँको अध्यक्षतामा कसरी बैठक बस्ने ? प्रश्न गर्दै उनले भने ।

सभापति खतिवडासँगै उनले सचिव सुरज कुमार दुराको पनि राजीनामा मागे । आफूले सचिव दुरालाई एकदमै डाइनामिक सोचेको भए पनि व्यवहारमा त्यसो नदेखिएको उनले बताए । उनले सभापति खतिवडाको अध्यक्षतामा बैठक बस्न नसकिने बताए । File Photo/RN