काठमाडौं, १८ असार । नेकपा (माओवादी केन्द्र) ले नेपाल शिक्षक महासंघसँगको सहमतिप्रति सरकार गम्भीर नदेखिएको बताएको छ । आज (बुधबार) आफ्नो धारणा सार्वजनिक गर्दै माओवादीले सहमति कार्यान्वयन गर्नुपर्नेमा सरकारका सरोकारवाला पक्षहरुहरुबीच अन्तरविरोध देखिएको बताएको हो ।
‘नेपाल शिक्षक महासंघसँग संसदबाट असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति भए तापनि हालसम्म पारित नहुनु दुःखद कुरा हो । सहमति कार्यान्वयन गर्नुपर्नेमा सरकारका सरोकारवाला पक्षहरुहरुबीचको अन्तरविरोध बाहिर देखिनुले सरकार सहमतिप्रति गम्भीर नभएको पुष्टि हुन्छ । शिक्षा विधेयक यथाशीघ्र पारित गरि शिक्षकहरुलाई पुनः आन्दोलनमा फर्कने वातावरण नबनाउन आग्रह गर्दछौं,’– माओवादीले विज्ञप्तिमार्फत भनेको छ ।




प्रतिक्रिया