काठमाडौं, १८ असार । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवासम्बन्धी विद्येयकमा ‘कुलिङ पिरियड’ विवादमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने भनेको छ ।
समितिको आज बसेको बैठकले सभामुख देवराज घिमिरेसँग यो विषयमा छानबिनको लागि उच्चस्तरीय समिति बनाउन माग गर्ने निर्णय भएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।
समितिको आजको बैठकले राष्ट्रिय सभालाई ‘कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थालाई समितिले पास गरेको भावना अनुसार प्रतिवेदनको बुँदा ४३ लाई आवश्यक संशोधन गर्ने व्यवस्था मिलाईदिनुहुन राष्ट्रिय सभालाई हार्दिक अनुरोध गर्ने निर्णय गरियो’ भनेर भनिएको छ ।




प्रतिक्रिया