मलाई भोलि सांसदको टिकट नपाइएला कि भन्ने कुनै चिन्ता छैनः कान्छाराम


काठमाडौं, १८ असार । नेपाली कांग्रेस रामेछापका सभापति एवं प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफूलाई सांसदको टिकट नपाइएला कि भन्ने कुनै चिन्ता नरहेको बताएका छन् ।

आज (बुधबार) मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा उनले टिकट नपाए पनि र सांसद, मन्त्री नभए पनि रामेछापको विकासमा लागिरहने बताए ।

‘मलाई रामेछापको विकासको चिन्ता छ, भोलि सांसदको टिकट पाइएला कि नपाइएला भन्नेमा मलाई कुनै चिन्ता छैन,’– उनले भने ।