रूपन्देही–३ को उपनिर्वाचनमा उम्मेद्वार छान्न रास्वपाको सचिवालय बैठक बस्दै


काठमाडौं, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले आगामी कार्तिक १७ गते हुने रूपन्देही–३ को उपनिर्वाचनमा उम्मेद्वार छनोट गर्ने भएको छ । सचिवालय बैठक आज विहान ११ः३० बजे बस्ने भनिएको छ ।

पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार समसामयिक राजनीति र उपनिर्वाचनको विषयमा छलफल हुनेछ । पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले बैठकको आह्वान गरेका हुन् ।

रुपन्देहीको उपनिर्वाचनमा रास्वपाले सागर ढकाललाई अघि बढाउने तयारी गरेको छ । उनले पनि उपनिर्वाचनमा आफू उठ्नसक्ने संकेत गरेका छन् ।