काठमाडौं, १९ असार । सहरी विकास मन्त्रालयले चोभारको गल्छी चौडा गर्ने र तथा परापूर्वककालदेखि प्राकृतिक रुपमा रहेका चट्टानहरु हटाउने कुनैपनि उद्देश्य नरहेको स्पष्ट पारेको छ ।
गत जेठ १४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकको निर्णयसमेत सार्वजनिक गर्दै मन्त्रालयले चोभारको गल्छी चौडा पार्ने कुनै उद्देश्य नरहेको स्पष्ट पारेको हो ।
पछिल्लो समय चोभारको गल्छी चौडा पार्ने हल्ला चलेपछि स्थानीय र अभियन्ताहरुले त्यसको विरोध गरिरहेका छन् । हालै सार्वजनिक सुनुवाईसमेत गरिएको थियो ।





प्रतिक्रिया