जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी


काठमाडौं, १९ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको बताएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका पूर्ण संस्थागत सुत्केरी घोषणा समारोहमा उनले वर्तमान सरकारले केही गर्न नसकेको भन्ने भाष्य गलत रहेको बताएका हुन् । ‘वर्तमान सरकार जनआकांक्षा पूरा गर्न काम गरिरहेको छ । केही भएको छैन भन्ने भाष्य गलत हो,’– उनले भने ।

नेपालमै थुप्रै सम्भावना रहेकाले स्वरोजगार बन्नुपर्नेमा उनले जोड र्दिए । उनले भने, ‘हाम्रै वरिपरि थुप्रै सम्भावना छन् । तिनको खोजी गरेर उद्यमी बन्न जरुरी छ । त्यसमा सरकारले सहयोग गर्छ ।’

खानी, खनिज, जडीबुटी, कृषिमा सम्भावना रहेको बताउँदै उनले नेपालमै रोजगारीका अवसर रहेको बताए । File Photo/RN