तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न मन्त्री पाण्डे फ्रान्स जाँदै


काठमाडौं, २० असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे फ्रान्स जाने भएका छन् । लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृतका लागि पहल गर्न आफू फ्रान्स जान लागेको मन्त्री पाण्डेले संसदीय समितिलाई जानकारी गराएका छन् ।

आज (शुक्रबार) बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। फ्रान्सको पेरिसमा हुने वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन लागेको मन्त्री पाण्डेको भनाई छ । सरकारले विगत लामो समयदेखि तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्न पहल गरिरहेको छ । file photo