सुदूर सरकारबाट बाहिरियो नाउपा, केन्द्रबाट पनि बाहिरिने तयारी


काठमाडौं, २० असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ । नाउपाको सुदूरपश्चिम प्रदेश संसदीय दलको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नाउपा प्रदेश सरकारबाट बाहिरिएको हो ।

नाउपाले संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ । नाउपाका संरक्षक रेशमलाल चौधरीले अब आफूहरु प्रतिपक्षमा बस्ने घोषणा गरिसकेका छन् ।