‘पार्टीले बाहिर बस् भन्यो भने म तयार छु’


काठमाडौं, २० असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवासम्बन्धी विद्येयकमा भएको गम्भीर त्रुटिमा आफूले पनि जिम्मेवारी लिने बताएका छन् ।

पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले अहिले चर्चामा रहेको विद्येयकमा भएको छेडखानीको विषयमा पनि बोलेका हुन् । उनले आफ्नो गल्ती देखेर पार्टीले जिम्मेवारीबाट अलग हुनुपर्छ भनेर त्यसको लागि तयार रहेको जवाफ दिए ।

बैठकमा उनको भनाई उद्धृत गर्दै एक नेताले भने,‘निजामती विद्येयकमा कुलिङ पिरियड दुई वर्ष राख्नुपर्छ भन्ने मान्छे म हुँ, तर विद्येयक पारित हुँदा छेडखानी भएको छ, यसमा मेरो पनि सभापतिको हैसियतमा केही गल्ती कमजोरी छ, अहिले नै पार्टीले बाहिर बस् भन्यो भने म तयार छु, तर पार्टीकै साथीहरू बाहिर गएर बदनाम गर्ने ढङ्गले प्रस्तुत हुँदै हुनुहुन्छ । यो गलत हो ।’

उनले नेपाली कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिए । नेताहरुका विरुद्धमा आफ्नै नेताहरु खनिने प्रवृत्ति भने गलत रहेको उनको भनाई छ । file photo