काठमाडौं, २१ असार । जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोककुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कासँग गालीगलौजमा उत्रिएका यादवविरुद्ध शुक्रबार जिल्ला अदालतबाट आपराधिक उपद्रोप कसुरमा पक्राउ पुर्जी जारी भएको हो । जसपा मधेश प्रदेश अध्यक्ष यादव हाल फरार रहेका छन् ।
यादवको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पूर्व मधेश प्रदेशसभा सदस्य समेत रहेका यादव जिल्ला प्रहरी प्रमुखसँग गालीगलौजमा उत्रिएका थिए । जसपा प्रदेश अध्यक्ष यादव र सर्लाही प्रहरी प्रमुख खड्काबीच टेलिफोनमा भएको संवाद अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
प्रतिक्रिया