काठमाडौं, २१ असार । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले हात पारेको छ । आज (शनिबार) भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गरेको हो । सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पुरा गरेको हो ।
नेपालका लागि जोय थापाले २४ रन बनाए । उनी नटआउट थिए । यस्तै, शिवान्स बजगाईंले २० रन बनाए । शुभम खनालले १८ र प्रशिद्ध जैसीले १७ बनाए भने परिमार्जन यादवले १३ र अभय यादवले १० रन बनाएका थिए । नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले ३÷३ विकेट लिएका थिए। यस्तै, शुभम खनालले २ र विपिन प्रसाद शर्माले १ विकेट लिए।




प्रतिक्रिया