कलाकार बाबा पाख्रिन माओवादी केन्द्रमा प्रवेश


काठमाडौं, २१ असार । कलाकार बाबा पाख्रिन नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । आज (शनिबार) पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पुष्पकमल दाहाल ‘प्राण्ड’ ले पाख्रिन लगायतलाई पार्टीमा स्वागत गरेका हुन् ।

पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिले पार्टी प्रवेश कार्यक्रम राखेको थियो । नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले माओवादी जनयुद्धमा गीत संगितको ठूलो योगदान रहेको बताए ।