सरकारबाट बाहिरिने नाउपाको निर्णय, राज्यमन्त्री चौधरीले राजीनामा दिने


काठमाडौं, २१ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ। आज (शनिबार) बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार नाउपाबाट राज्यमन्त्री रहेका अरुणकुमार चौधरीले राजीनामा दिने तयारी रहेको छ । आगामी २३ गतेको संसद् बैठकमा आफूहरु प्रतिपक्षमा बस्नेत अध्यक्ष श्रेष्ठले बताईन् । सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो पार्टीको मन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नाउपा बिच्किएको हो ।