काठमाडौं, २२ असार । नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको प्रथम अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ। अधिवेशनले संस्थाको अध्यक्षमा खगेन्द्र सिंह बम र सह अध्यक्षमा कुमार चिमोरियालाई चयन गरेको छ ।
शनिबार ललितपुरको एकान्तकुनामा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा लक्ष्मण बन्जारा, महासचिवमा प्रकाश बस्नेत, उपमहासचिवमा राजेन्द्र कुमार राउत, सचिवमा नेत्र कटुवाल र कमल गौतम, कोषाध्यक्षमा जोतिमान बानियाँ र सह-कोषाध्यक्षमा सन्तोष न्यौपानेलाई चयन गरिएको सह-अध्यक्ष कुमार चिमोरियाले जानकारी दिए ।
संस्थाको केन्द्रीय सदस्यहरूमा रोशन पौडेल, विनोद त्रिपाठी, जयराम अधिकारी, सुनिल पुरी, राजकुमार डङ्गोल, भूपेन्द्र भण्डारी, रामबहादुर बस्नेत, अमन लामा, शम्भु घिमिरेलगायत चयन भएका छन् ।
कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल, वरिष्ठ पत्रकार ऋषि धमला, नेपाल प्रहरीका एआईजी टेकबहादुर तामाङ, यातायात व्यवसायी, यातायातका कर्मचारी, कलाकार लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।




प्रतिक्रिया