काठमाडौं, २२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले कांग्रेस–एमालेको दुई तिहाईको सरकारले सहमतिअनुसार संविधान संशोधनको काम अघि नबढाएको भन्दै असन्तुष्टि पोखेका छन् ।
उनले संविधान संशोधनको लागि गम्भीरता प्रदर्शन देखाउन नसकिएको र ढिलाई भएकोमा चिन्ता व्यक्त गरेका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेसको संगठनपनि कमजोर भएको भन्दै यसरी ०८४ को निर्वाचनमा सोचेजस्तो नतिजा निकाल्न कठिन हुने बताए । उनले पार्टीले ०८४ को निर्वाचनको तयारी नै नगरेको बताए । यस्तै, पार्टीभित्र अनुशासनका नाममा एकपक्षीय कारबाही भइरहेकोमा गुनासो पोखे । file photo




प्रतिक्रिया