काठमाडौं, २२ असार । मोहम्मद अफ्ताब आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । सो मुद्दामा निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएका अधिवक्ता पुष्पराज पौडेलले अबको एक हप्ताभित्रमा पुनरावेदन गरिसक्ने तयारी रहेको बताए ।

‘उच्च अदालत जनकपुर वीरगञ्ज इजलासले गरेको फैसला उपर हामी महान्यायाधिवक्ताको कार्यालय मार्फत अबको एक हप्ताभित्र सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्दैछौं,’– उनले भने ।
अधिवक्ता पौडेलले सो मुद्दाका प्रतिवादीहरुलाई सफाइ दिने पहिलो आधार घटना (बम विष्पोट) नै नभएको भन्ने रहेको बताए । तर, सो घटनामा घाइते भएका पीडित भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार पनि काठमाडौं आएका छन् । घटना भएको हो भन्ने कुराको प्रमाण आफूहरुसँग रहेको उनले बताए ।





प्रतिक्रिया