काठमाडौं, २२ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री शाह पार्टी सभापति शेरबहादु्र देउवाको सन्देश बोकेर आज (आइतबार) बिहान बर्दियास्थित रेशमको घरमा गएका हुन् ।
भेटमा मुख्यमन्त्री शाह र नाउपाका संरक्षक चौधरीबीच प्रदेश सरकार सञ्चालनको सम्बन्धमा छलफल भएको बताइएको छ । भेटमा उनले प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखिदिन आग्रह गरेको बताइएको छ ।
मुख्यमन्त्री शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई केही दिनअघि बर्खास्त गरेका थिए । उक्त मन्त्रालयको नेतृत्वका अर्को मान्छे पठाइदिन मुख्यमन्त्रीले रेशमलाई भनेका छन् । जवाफमा रेशमले आफू पार्टीको मुख्य मान्छे नरहेको भन्दै टारेका छन् ।




प्रतिक्रिया