प्राधिकरणकी विकास आयुक्तद्वारा कर्मचारी नियुक्तिका लागि ठाडो आदेश, जिल्ला आयुक्तद्वारा अस्वीकार


काठमाडौं, २२ असार । काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले गैरकानूनी तबरबाट कर्मचारी नियुक्तिका लागि दवाब दिएको तथ्य बाहिरिएको छ । विकास आयुक्त ढकालले कार्यलय सहयोगी राखिदिन भन्दै ठाडो आदेश दिएकी हुन् ।

बागलुङको जैमिनी नगरपालिकाकी चित्रकला आचार्यले आफूलाई कार्यलय सहयोगी नियुक्त गरिदिन भन्दै विकास आयुक्त ढकाललाई निवेदन दिएकी छन् । उक्त निवेदनमा गत वैशाख ३१ गते तोक लगाउँदै ढकालेले निर्देशन दिएकी छन्, ‘श्री सचिवाय जिल्ला आयुक्तको कार्यालय, काठमाडौं । बाहिरी चक्रपथ आयोजनाको रिक्त रहेको कार्यलय सहयोगी दरबन्दीमा नियुक्त गरी कामकाज गराउनेगरी सक्कलै निवेदन पठाउनुहुन ।’

यता जिल्ला आयुक्तको कार्यालयले भने रितपूर्वक दर्ता चलानी भएर नआएको, बेरितपूर्वक र क्षेत्राधिकारविहीन निवेदन गैरकानूनी रुपमा चित्रकला आचार्यलाई नियुक्त गर्न नसकिने भनी जवाफ पठाएको छ ।