काठमाडौं, २२ असार । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा नटुङ्गिएको विषय टुङ्गो लगाउन सरकारलाई ५ दिनको समय दिएको छ ।
समितिका सभापति अम्मरबहादुर थापाले आगामी ५ दिनभित्र विधेयकमा नटुंगिका विषय टुग्याएर सहमति जुटाएर आउन सरकारलाई निर्देशन दिएका हुन् ।
समितिबाट आजै विधेयक टुङ्ग्याउने तयारी भए पनि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले केही विषय टुङ्गिन बाँकी रहेको बताएका थिए । बहुमत सदस्यहरु आज (आइतबार) नै विधेयक टुङ्ग्याउनुपर्ने पक्षमा थिए ।
शिक्षामन्त्री पन्तले बैठक स्थगित गर्न माग गरे । त्यसपछि केहीबेर छलफल भएर बैठक स्थगित भएको थियो ।




प्रतिक्रिया